गर्भवती महिलाहरुमा मूत्रपथ संक्रमणको प्रबलता

परिचय

मूत्रपथ संक्रमण भनेको मृगौला, मूत्रवाहिनी,  मुत्राशय र मूत्रमार्गलाई असर गर्ने संक्रमण हो। यस संक्रमणले विश्वभर वार्षिक १५० मिलियनको मृत्यु हुन्छ। यो संक्रमण गर्भवती महिलाहरूमा एनीमिया पछि देखिने दोस्रो समस्या हो। तल्लो पिसाब नलीमा हुने संक्रमणलाई पिसाबको संक्रमण (Cystitis) भनिन्छ र माथिल्लो पिसाब नलीमा हुने संक्रमणलाई मिर्गौलाको संक्रमण (pylonephritis) भनिन्छ।

मुत्रपथ संक्रमण गर्भावस्थामा सामान्यतया देखिरहेको हुन्छ र त्यसमा पनि माथिल्लो पिसाब नलीमा धेरै संक्रमण देखिने गर्छ। गर्भावस्थामा पिसाब नलीमा हुने परिवर्तन नै मुत्रपथ संक्रमणको मुख्य कारण हो र यो विशेषगरी गर्भ बसेको ६ हप्तादेखि २४ हप्ताको अवधिमा देखिन्छ। पिसाब नलीको संक्रमणको समयमै निदान र उपचार हुन सकेन भने यसले आमा र शिशुको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।

कस्ता गर्भवती महिलाहरूमा यो समस्या देखिने गर्छ त?

तल उल्लेखित समस्या भएको गर्भवती महिलामा विशेष गरी मुत्रपथ संक्रमण देखिने गर्छ

  •  पहिला नै मुत्रपथ संक्रमण भएको 
  •  उमेर धेरै भएको 
  •  बच्चा धेरै जन्मेको
  •  शरीरको इन्फेक्सन सँग लड्ने क्षमता कम भएमा (इम्युनोडेफिशियन्सी)
  • मूत्रपथमा असामान्यताहरू भएको

 

अरु के के कारणले मुत्रपथ संक्रमण हुन सक्छ त?

  • गर्भवती अवस्थामा हुने हर्मोनल परिवर्तन र शारीरिक परिवर्तन 
  • ग्लाइकोसुरिया (पिसाबमा ग्लुकोजको मात्रा बढेमा) 
  • मूत्र को स्थिरता बढेमा

 

माथि उल्लेखित अवस्थामा मुत्रपथ संक्रमण देखिने सम्भावना धेरै भएपनि , यसको मूल कारण भनेको ब्याक्टेरियल संक्रमण नै हो। E.coli , Klebsiella , Staphylococcus, Proteus नामक ब्याक्टेरियाबाट सङ्क्रमण भएको विभिन्न अध्यनले देखाएको छ।

संकेत र लक्षणहरी के के हुन्छन् त?

विश्वव्यापी रूपमा,५-७% गर्भवती महिलाहरूमा लक्षण बिनाको मूत्रपथ संक्रमण देखिएको छ । यस्तो प्रकारको लक्षणविहीन अवस्थाले पाइलोनेफ्राइटिस, उच्च रक्तचाप, समयपूर्व नै भ्रूणको मृत्यु र प्रसवपूर्व मृत्यु हुने लक्षणात्मक संक्रमण निम्त्याउँछ। सामान्य लक्षणहरू तल समावेश गरिएका छन् :-

  • बारम्बार पिसाब लाग्ने
  •  डाइसुरिया (पिसाब फेर्दा दुख्ने)
  • पिसाबको क्षेत्रमा दुखाइ र दबाब
  • मृगौलामा संक्रमण फैलिएको छ भने ढाड दुख्ने, चिसो लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन्छन् ।

 

यदि मुत्रपथ संक्रमणको समयमा उपचार हुने सकेन भने निम्न बमोजिम जटिलताहरू देखिन सक्छन्:-

  • भ्रूणको झिल्ली समयपूर्व फुट्नु
  • सेप्टिसिमिया, s
  • श्वासप्रश्वासमा समस्या
  • बच्चाको मानसिक विकाशमा बाधा
  • भ्रूण मृत्यु
  • समयपूर्व डेलिभरी
  • जन्मेको बच्चाको तौल कम हुने
  • सिजेरियन डेलिभरी गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने

 

नेपालका विभिन्न अस्पतालमा गर्भवति महिलामा देखिएको मुत्रपथ संक्रमणको दर

Screenshot 2022-05-05 113633.jpg

चित्र: राम जानकी अस्पताल र नर्भिक अस्पताल र बाँके र वैद्य अस्पतालमा गर्भवती महिलाहरूमा मूत्रपथ संक्रमणको स्थिति

देखाइएको रेखाचित्रले राम जानकी अस्पताल र नर्भिक अस्पताल र बाँके र वैद्य अस्पतालमा जाने गर्भवती महिलाहरूमा देखिएको मुत्रपथ संक्रमणको संख्या देखाउँछ। प्राप्त जानकारी अनुसार राम जानकी अस्पतालमा ४१.५३% गर्भवती महिलामा मुत्रपथ संक्रमण रहेको छ भने नर्भिक अस्पताल र बाँके तथा वैद्य अस्पतालमा ३७.८४ % रहेको छ । यी अस्पतालको औसत हेर्दा करिब ४०% गर्भवती महिलाहरुमा मुत्रपथ सङ्क्रमण देखिने रैछ भनेर अनुमान लगाउन सकिन्छ। दर उच्च छ र संक्रमणले विभिन्न जटिलताहरू निम्त्याउन सक्छ त्यसैले नीति निर्माताहरू र स्वास्थ्य योजनाकारहरू पनि मुत्रपथ संक्रमणको दर घटाउनमा केन्द्रित हुनुपर्छ। मुत्रपथ संक्रमणको को कारण र लक्षण बारे महिलाहरुलाई चेतना र शिक्षा आवश्यक छ।



गर्भावस्थामा यूटीआई निम्त्याउने रोगजनकको प्रोफाइल

Screenshot 2022-05-05 113655.jpg

चित्र: मुत्रपथ संक्रमण गराउने ब्याक्टेरियाको संख्या  

यस चित्रलाई अनुमान गर्दा धेरै जसो संक्रमण Escherichia coli को कारणले भएको देखिन्छ जुन 48.6% (अस्पतालहरूको औसत) रहेको छ, र त्यसपछि सङ्क्रमण गर्ने ब्याक्टेरिया Klebsiella Pneumoniae (18.2)% छ। विभिन्न प्रकारका रोगजनकहरूद्वारा सङ्क्रमण भएको दर तल देखाइएको पाई चार्टद्वारा सजिलैसँग चित्रण गर्न सकिन्छ।

Screenshot 2022-05-05 113723.jpg

 

मुत्रपथ सङ्क्रमण लागेको कसरी पत्ता लगाउने त?

डायोग्नोस्टिक टेस्ट ल्याबमा गएर गर्नुपर्ने हुन्छ। डाक्टरको सुझाव अनुसार टेस्ट गरेर समयमा उपचार गर्नु लाभदायक हुन्छ।

रोकथामका उपायहरू

  • रोगजनकहरूको लागि प्रारम्भिक जाँच र संक्रमित केसहरूको लागि उचित उपचार
  • परिष्कृत खानेकुरा, क्याफिन, अल्कोहल र चिनीको सेवन कम गर्ने
  • खुकुलो लुगा लगाउने, टाइट फिटिङ प्यान्ट सकेसम्म नलगाउने
  • भिटामिन सी, जिंक (Zinc) र बी क्यारोटिन (B Carotene) युक्त खानेकुरा खाने

उपचार

ब्याक्टेरिया अनुसार विभिन्न प्रकारको एन्टिबायोटिक दिइन्छ। सामान्यतया, ग्राम पोजिटिभ ब्यासिलि विरुद्ध अमिकासिन, इम्पिपेनेम, नालिडिक्सिक एसिड प्रशासित गरिन्छ भने भ्यान्कोमाइसिन, टेट्रासाइक्लिन, एमोक्साइक्लाभ ग्राम नकारात्मक ब्यासिलि विरुद्ध दिइन्छ।

REFERENCE

 

 

  • Ananthanarayan and Paniker’s Textbook Of Microbiology

 

BY: Sajina Paudel 

     School Of Health And Allied Sciences ( Bsc.MLT  5th sem)

© 2021 Quicknepal.com  |  All Rights Reserved.