रेणु दाहालको भाषणले दंगदास भएको छुः माधव नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए । 

‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने ।

रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.