काठमाडौं। नेपाली बजारको सुनको मूयमा गिरावट आएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले गिरावट आएको हो। छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार १ सय ६० रुपैयाँ तोकिएको महाँसंघले जनाएको छ।