फोन निर्माताहरुलाई एकै किसिमको चार्जर बनाउन प्रस्ताव : युरोपेली कमिसन

एजेन्सी । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा ल्याउन प्रेरित गर्दै विधुतीय फोहोर कम गर्नै उदेश्यका साथ युरोपेली कमिसनले उक्त प्रस्ताव अघि बढाएको हो ।

तर एप्पलले  एप्पलले ईयूको नयाँ प्रस्तावको विषयमा प्रतिक्रिया दिँदै यसले उपभोक्तालाई सहज बनाउनेभन्दा पनि थप नोक्सानी पुर्‍याउन सक्ने भएको भन्दै आप्पति जनाएको छ ।

एप्पलले आफूहरु सन् २०३० सम्म सबै डिभाइसहरु कार्बन न्युट्रल बनाउने दिशामा अघि बढिरहेको उल्लेख गरेको छ । अधिकांश एन्ड्रोइड फोनमा यूएसबी माइक्रो बी चार्जिङ पोर्ट छ भने केही फोनमा यूएसबी–सी स्ट्यान्डर्डको चार्जिङ पोर्ट छ । आईप्याड र म्याकबुकको नयाँ मोडलमा यूएसबी चार्जिङ पोर्ट छ ।

अहिले गरिएको प्रस्तावअनुसार सबै डिभाइसको चार्जर यूएसबी(सी वा यूएसबी(ए हुनुपर्छ ।ईयूका करिब आधा फोनमा यूएसबी माइक्रो बी कनेक्टर छ । करिब २९ प्रतिशतमा यूएसबी सी र २१ प्रतिशतमा लाइटनिङ कनेक्टर छन् ।

अहिले गरिएको प्रस्ताव स्मार्टफोन, ट्याबलेट, क्यामेरा, हेडफोन, स्पिकर र हाते भिडियो गेम्समा पनि लागू हुनेछ । इयरबड, स्मार्ट वाच र फिटनेस ट्र्याकको साइज र प्रयोगको शर्तबारे भने केही उल्लेख गरेको छैन ।

युरोपेली कमिसनका अनुसार अहिले वार्षिकरुपमा प्रयोग नहुने चार्जिङ केबलबाट ११ टन फोहोर निस्किने अनुमान  छ । गत वर्ष मात्र ईयूमा ४२ करोड मोबाइल फोन र अन्य विद्युतीय डिभाइस बिक्री भएको उल्लेख गरिएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.