निर्वाचन आयोगले आज र भाेली मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोगले बुधवार र बिहीवार मतादाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यस कार्यक्रम अन्तर्गत निर्वाचन अधिकृत कार्यालयले मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने छ ।

स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।

यसको अनुगमनको लागि आयोगले अनुगमन टोली खटाइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.