काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ कायम भएकाे छ ।
मंगलबार ९८ हजार रुपैयाँमा छापावाल, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२ सय ७५४ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ तोकिएको छ ।