थप चार जनामा कोरोना संक्रमण, १८ जनाले जिते कोरोना

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर २८१७  जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.