काठमाडौं । दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक ग्याङस्टार र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । अपराधीहरु वकिलको भेषमा अदालत छिरेर गोली चलाएका थिए ।
दिल्ली प्रहरीका अनुसार रोहिणी अदालतमा गैंगस्टर जितेन्द्र मान 'गोगी' को मुद्दामा सुनुवाइ गर्न आएका थिए ।
जितेन्द्र गोगीविरुद्ध हत्या र डकैतीसहित धेरै गम्भीर आपराधिक मुद्दा दर्ता भएका छन् । उनी तिहाड जेलमा थिए, जहाँबाट उनी एक मुद्दाको सुनुवाइका लागि अदालतमा ल्याइएका थिए । यसै क्रममा टिल्लु ताजपुरिया गिरोहका दुईजना दुश्मनले उनीहरुसँग दुश्मनी राखेर गोली चलाए ।
यस घटनाका कारण भारतमा अदालतको सुरक्षा, अनुसन्धानको प्रक्रियामाथि प्रश्न उठेको छ।