खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.