पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ११०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित संक्रमितको संख्या बढेको हो । हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ५५० डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।  सक्रिय संक्रमितको संख्या २० हजार २८७ र २४४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.