चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । १४ हजार ५ सय ३० मतको गणना सकिँदा मेयरमा नेकपा एमालेका उम्मेदवार सुवेदीले २० मतको अग्रता लिएका हुन्।
पछिल्लो परिणामअनुसार सुवेदीले ४ हजार ८ सय ८९ मत ल्याउँदा रेनुले ४ हजार ८ सय ६९ मत ल्याएकी छिन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २ सय ५१ मत ल्याएका छन् ।