सिन्धुलीको तीनपाटनमा कांग्रेसका थापामगर विजयी

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित भएका छन् । ९ हजार २३९ मत ल्याउँदै थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत ल्याए ।

थापामगर २०७४ सालको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । त्यतिखेर थापाले ५ हजार ७०१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेलवार छत्रबहादुर दाहालले ५ हजार ६८२ मत ल्याएका थिए । 

उपाध्यक्षमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् । उनी ०७४ मा उपाध्यक्षमै विजयी भएकी थिइन् ।

तीनपाटनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.