सप्तरी । सप्तरी जिल्लाको दुइवटा पालिका अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छ्न्।
निर्वाचन आयोगका अनुसार अग्नी साइर कृष्ण संवरण गाउँपालिका अध्यक्षमा दिनानाथ चौधरी र राजगढ गाउँपालिका अध्यक्षमा ओम प्रकाश मंडल विजयी भएका हुन् ।
चौधरी कृष्ण संवरण गाउँपालिकामा कुल खसेको १२ हजार ४ सय २५ मत मध्ये ४ हजार ८ सय ७४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेका थिए ।
त्यसैगरी सो पालिकाको उपाध्यक्ष मा भने नेपाली कांग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २ सय १६ मत प्राप्त गरि बिजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नेकपा(एमाले)की शैलेन्द्री कुमारी लेखीले ३ हजार ४ सय ५९ मत प्राप्त गरेकी हुन्।
यता राजगढ गाउँपालिका अध्यक्षमा मंडलले ४ हजार १४९ मत ल्याई निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने एमालेकी रेखाकुमारी यादवलाई १२३ मत अन्तरले पराजित गर्दै जसपाकी रेणुदेबी मण्डल विजयी भईन। निर्वाचित मण्डलले ३ हजार ८३० मत ल्याई बिजयी भएकी हुन् ।