काठमाडौं । साताको दोस्रो दिन (आज) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो । यस्तै, तेजाबी सुनको कारोबार मूल्य समेत ९७ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १२ सय ७० रुपैयाँ रहेको जानकारी दिएको छ । चाँदी आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।