सेन्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र आज बाँडफाँड भएको हो ।

बैंकले प्रतिऋणपत्र अंकित मुल्य १ हजारका दरले २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले मध्ये २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरेको थियो । 

बैंकले सर्वसाधारणमा निष्काशित ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १०,००० कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्फत आवेदन दिने २,२७२ जना आवेदकहरुबाट ७८,७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएको थियो । 

१० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २,२६२ जना आवेदकहरुबाट प्राप्त ७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३,२०,००० कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१,११,६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१,११,६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१,९०,००० कित्ता डिबेन्चर बाँडफाँड गरिएको हाे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.