काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशलाई तत्काल निश्क्रिय पार्न सत्ता गठबन्धनले प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेको छ ।
चाँडै मन्त्रीपरिषदु विस्तार गनुपर्ने भन्दै सत्ता गठबन्धनले प्रधानमन्त्री देउवालाई अध्यादेश निश्क्रिय बनाउन के गर्दा उत्तम हुन्छ निर्णय लिन आग्रह गरेको हो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश रहेसम्म सरकार विस्तार हुन नसक्ने भन्दै नेता माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको जसपाले मन्त्रीको नाम टुंगाउन सकेका छैनन् ।
मन्त्री बन्न नपाएकाहरुले २० प्रतिशत पुराएर पार्टी फुटाउने डरमा नेकपा एस र जसपा रहेका छन् । सोही कारण दशैं अघि नै मन्त्रीपरिषदु विस्तार गर्ने योजना सहित अध्यादेश निश्क्रिय पार्न गठबन्धनले प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।