सिमकोटमा २७ भदौबाट विद्यालय सञ्चालन
सिमकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय २७ भदौबाट सञ्चालनमा आउने भएको छन् ।

हुम्ला । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय २७ भदौबाट सञ्चालनमा आउने भएको छन् ।

सिमकोट गाउँपालिकाको शिक्षा समितिको बैठकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् ।

यसअघि गाउँपालिकाले गत वर्ष १९ कात्तिक र १५ माघबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि पुन: बन्द गरिएको थियो ।

जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न  अनुमति दिएपछि सिमकोटले २७ भदौबाट सञ्चालन गर्न लागेको हो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.