कांग्रेसका महामन्त्री खड्कालाई क्रोरोना संक्रमण

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । नेता खड्काले आज सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकि सुरु भएको, आज १० गते एन्टिजिन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.