आज थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २७९ जना कोरोना संक्रमणबाट निको भएको छ भने ९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्  । ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.