सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि

काठमाडौं ।  साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ । 

बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो । 

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । बुधबारको पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा समेत सुधार देखिएको छ । शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.