पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने

काठमाडौं ।  पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ ।


कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्रफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ ।

प्रतियोगिमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ ।जसमध्ये नेचर , कल्चर, लाइफस्टाइल, र वाइल्डलाइफ रहेको छ । प्रत्येक विधामा ५०/५० हजार नगद पुरस्कार को घोषण गरिएको छ । साथै चारमध्ये एक उत्कृष्टलाई से-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.