काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठनको संयोजकमा सरोज गौतम चयन भएका छन् ।
यसअघिका संयोजक अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने भएपछि संगठनको सचिवालय बैठकले सरोजलाई संयोजकमा चयन गरेको हो । सरोज यसअघि महासचिव थिए ।
यही असार १६ र १७ गते अनलाइन माध्यमबाट बसेको बैठकले संगठनको आगामी महाधिवेशन र आसन्न चुनावसम्म संगठन नेतृत्वविहीन रहन नसक्ने भएकाले सरोजलाई संयोजक चयन गर्ने निर्णय गरेको हो ।