थप ४४ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.