प्रदेश १ को बजेट पारित

विराटनगर ।  प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।

बजेट पारित भएपछि बजेट अधिवेशनको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.