मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर। मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

प्रदेशसभा सचिवालयले बजेटमाथि आजदेखि छलफल सुरु हुने जनाएको हाे । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएकाे छ ।  

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.