गृह मन्त्रालयले गर्‍याे सत्र डीआईजीको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले बढुवा गरेका १७ जना डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयले प्रदेश-१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरेको हाे ।

डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

डीआईजी वसन्त कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईलाई आईजीपीको सचिवालय, अशोक सिंहलाई विशेष ब्यूरो, दिपक थापा प्रबन्ध निर्देशनालय र दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँणले डीआईजी पदस्थापनको निणर्य गरेका थिए।

1-2-732x1024.jpg

22-740x1024.jpg

333-747x1024.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.