राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक पारित

काठमाडौं । राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएका छन् ।  सोमबार  ले प्रमुख विपक्षी नेकपा (एमाले)को विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पारित भएका हुन् । 

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र, समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए । तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच बैठक अघि बताएका थिए । 

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जानेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.