सप्तरी । सरकारले मन्त्रीहरूको हेरफेर र कार्यविभाजनमा जनता समाजवादी पार्टीको सिफारिसमा सप्तरीका रेणु यादवलाई आउट गरि मृगेन्द्र कुमार सिंह यादवलाई ईन गरेको छ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ असार २९ मा गठित मन्त्रीपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)तथा धारा ७८ को उपधारा (१)बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री हेरफेर, नियुक्त र कार्यविभाजन गरेका हुन्।
सो पार्टीले सप्तरीका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई आउट गरेको छ भने राष्ट्रसभा सदस्य रहेका मृगेन्द्र कुमार सिंह यादवलाई कृषि तथा पशुपंक्षी बिकास मन्त्रीमा सिफारिस गरेको छ।
पार्टीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा भने मोहम्मद इस्तियाक राइलाई पठाएको छ ।