काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
शनिबार सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ। यसैगरी,चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।