नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं ।  सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।

यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.