काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १२८२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
कुल १२ हजार ८१ मा पिसिआर परीक्षण र एन्टिजेन परीक्षण गर्दा ३०७ गरी उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना डिस्चार्ज भएका छन् ।
सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ भने नेपाल मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ ।