फेरि बढ्यो दक्षिण कोरियामा कोरोना

एजेन्सी। दक्षिण कोरियामा कोरोना भाइरसको सक्रमणदरमा वृद्धि भएको छ । कोरिया रोग तथा नियन्त्रण रोकथाम विभागले बताएअनुसार शनिबार मात्रै नयाँ सक्रमतिको संख्यामा पहिलोपटक वृद्धि भएको हो।

शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको कोरिया रोकथाम विभागले जनाएको हो। गत सोमबारदेखि कोरोना सङ्क्रमितको संख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई तीव्रता दिन थालेको छ ।

हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ। सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.