काठमाडौँ । जनता समाजवादी पार्टी एवंम संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने टिप्पणी गरेका छन्। उनले एमालेका सांसदलाई पदबाट राजीनाम दिन चुनौती समेत दिए ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने राजीनाम दिन सुझाव दिए । एमालेका सांसदहरुले संसद अवरुद्ध गर्ने नैतिकता नभएको भन्दै पदबाट राजीनामा दिएर जनताको बीचमा जानुपर्ने भट्टराईले टिप्पणी गरेका हुन् ।भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ भएको प्रतिक्रिया दिए ।