काठमाडौंमा एकैदिन २४ सय ७५ जना सवारी चालकमाथि कारवाही 

काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् । 

यस्तै, २ हजार १०६ जना सवारी चालकलाई अन्य कारवाही गरिउको कार्यालयले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.