फेरी बढ्यो भारतमा कोरोना

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा थप १७ हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । 

भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार १४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएपनि कोरोना सङ्क्रमित बुधबारको तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ  ।

हाल देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.