परराष्ट्र मन्त्री खड्का अर्को साता चीन जाने

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्का चीनको तीन दिने भ्रमणमा चीन जान लागेका हुन् ।

मन्त्री खड्का यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने छन् ।

खड्का बिहीबार नेपाल फर्किने छन् ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.