तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । तत्कालै बैंकको ब्याजदर वृद्धि नहुने भएको छ । नेपाल बैकर्स संघले १० दिन ब्याजदर नबढाउने सहमति गरेको हो ।

संघको आज बसेको बैठकले १० दिनसम्म पुरानै ब्याजदर कायम राख्ने निर्णय गरेको छ ।

राष्ट्र बेंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेपनि बैंकरहरुले भने तत्काल ब्याजदर नबढाउने निर्णय गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.