सेयर बजारमा ३५ अंकको गिरावट 

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४.८५ अंकले गिरावट भएर २११३.३० अंकमा बन्द भएको हो ।

शुक्रबार दुई घण्टामात्रै कारोबार भएको सेयर बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ ।

आज ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.