उपेन्द्र यादवविरुद्ध चुनाव लड्दै सीके राउत

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । 

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.