बजेट कार्यान्वयनबारे छलफल गर्न अर्थले बोलायो सबै मन्त्रालयका सचिव 

काठमाडौं । अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको छ । मन्त्रालयले बजेट कार्यान्वयनबारे छलफल गर्न आइतबार सबै सचिवलाई बोलाएको हो । 

मन्त्रालयका सचिवसँग बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा छलफल गरिनेछ । केही दिन विभागीय मन्त्री नहुँदा छलफल रोकिएको थियो ।

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गर्न लागिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.