थप ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ३७० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।  हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ७६० रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.