नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै

काठमाडौं। नेपाल समाजवादी पार्टीको बैठक आज बस्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न लिन बैठक बोलाइएको हो  ।

बैठकमा चुनावी रणनीतिबारे आवश्यक निर्णय लिने सँगै निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि छलफल हुने बताइएको छ।

त्यस्तै केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी आवश्यक निर्णय हुने जनाइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.