स्वदेश फर्किदै नवाज सरिफ

एजेन्सी ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल(एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । 

जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किएपछि उनलाई जेल चलान नगर्ने बताएका छन् । 

‘डाक्टरहरू ले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टरहरू हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ’ लतिफलाई उद्धृत गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.