अभिनेता सविन श्रेष्ठद्वारा काठमाडौंका सार्वजनिक शौचालयमा महिनावारी प्याड बक्स जडान

काठमाडौं ।  अभिनेता सविन श्रेष्ठले काठमाडौंका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयमा निःशुल्क महिनावारी प्याड बक्स जडान गरेका छन् । सार्वजनिक रुपमा यात्रा गरिरहेका किशोरी तथा महिलाहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क महिनावारी प्याड बक्स जडान गरेको अभिनेता श्रेष्ठले बताएका छन् ।

'कसैसँग भनेको समयमा आर्थिक समस्या हुन सक्छ । कसैलाई बाटोमै अप्ठ्यारो हुनसक्छ । कम्तीमा महिला र किशोरी दिदीबहिनीहरुको समस्यालाई सबैले महशुस गर्नुपर्छ र यसलाई सहज र सजिलो बनाउन सहयोग पुगोस् भनि विभिन्न ठाउँमा रहेको सार्वजनिक शौचालयमा निःशुल्क महिनावारी प्याड व्यवस्था गरेका हौं' – अभिनेता श्रेष्ठले भने ।

हालसम्म श्रेष्ठले गौशालास्थित जय बागेश्वरी, भृकुटीमण्डप राष्ट्रिय सभागृह, रत्नपार्क, गंगबु, स्वयम्भुलगायतका ठाउँमा रहेको सार्वजनिक शौचालयमा निःशुल्क महिनावारी प्याड बक्स सँगै फोहोर व्यवस्थापनको लागि समेत बक्स जडान गरेका छन् । साथै अन्य ठाउँहरुमा पनि प्याड बक्स जडान हुने क्रम जारी रहेको श्रेष्ठले बताएका छन् । यस सुविधालाइ विद्यालयहरुमा पनि विस्तार गरिने उनले बताए । 

अभिनेता श्रेष्ठले चलचित्र अञ्दावबाट ११ बर्षअघि अभिनेताका रुपमा रंगमञ्चमा प्रवेश गरेका थिए ।  हालसम्म उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन्  ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.