काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयरबजार सुधार भएको छ । बधुबार नेप्से परिसूचक ५०.५८ अंकले बढेर आज २६६५.९४ विन्दुमा पुगेको छ।
बजार खुलेदेखि उतारचढाव बेहोरेको नेप्से बजार बन्द हुँदा परिसूचक बढेको हो । आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ बराबरको कारोबार भएको छ ।
बुधबार ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर कारोबार भएको छ ।