गरीब तथा विपन्नलाई १० हजार दिने कार्यविधि मन्त्रिपरिषद्मा

काठमाडौं । अर्थ मन्त्रालयले गरीब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ । अर्थमन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरीब तथा विपन्न नागरिकलाई १० हजारका दरले वितरण गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि भत्ता वितरण थालिने उनले बताए । भत्ता दसैँअगाडि नै वितरण गर्ने तयारी सरकारको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.