निजामतीसरह सुविधा माग्दै शिक्षक आन्दोलनमा

तनहुँ ।सरकारले आफूहरूलाई निजामती कर्मचारीसरह समान व्यवहार नगरेको भन्दै देशभरका शिक्षक विरोधमा उत्रिएका छन् । देशभरका शिक्षकले बिहीबार टाउको र हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् ।

सरकारले निजामती कर्मचारीलाई तोकेकोभन्दा धेरै सुविधा दिए पनि शिक्षकलाई भने असमान व्यवहारप्रति विरोधमा उत्रिएको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले बताए ।आफूहरूको माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै मञ्चका केन्द्रीय संयोजक भट्टराईसहित ५० जनाले १६ असारमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.