काठमडौं । चार देशमा राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
राष्ट्रपतिसमक्ष बिहीबार क्रमश: नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नर्वेजियन राजदूत तोरुम ड्रामदल र फ्रान्सेली राजदूत जिल गुर्बाओले आ-आफ्नो अहोदाको प्रमाणपत्र बुझाए ।