थप १७ सय ८७ जनामा डेंगु, दुई जनाको मृत्यु 

काठमाडौं ।  पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । 

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । 

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.