कन्नड अभिनेत्री सौजन्य मृत फेला

कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले आत्महत्या गरेकी छिन् । बिहिबार बेंगलुरुको अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चार माध्यमले जानाएको छ । प्रहरीले उनको शवसँग सुसाइड नोट पनि भेटेको छ ।

उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् ।
आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव दिएको उल्लेख गरेकी छिन् ।

उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.